साफ यु-१७ च्याम्पियन -नेपालले आज भुटानसँग खेल्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३३० दिन अगाडि
साफ यु-१७ च्याम्पियन -नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।

नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ ।

नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ । समूह ए मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन्।