नवौं राष्ट्रिय खेलकुद -पुरुष क्रिकेट सुरु, सुदूरपश्चिम विरुद्ध एनआरएन ब्याटिङमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२९ दिन अगाडि
नवौं राष्ट्रिय खेलकुद -पुरुष क्रिकेट सुरु, सुदूरपश्चिम विरुद्ध एनआरएन ब्याटिङमा

काठमाडौं । असोज २८ गतेदेखि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता आज (बिहीबार) देखि काठमाडौंमा सुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनआरएन र सुदूरपश्चिम बीचको खेल वर्षाका कारण ६-६ ओभरमा घटाइएको छ । खेलमा एनआरएनले टस जितेर ब्याटिङ गरिरहेको छ । मुलपानीमा तय भएको मधेश प्रदेश र गण्डकी प्रदेशबीचको खेल वर्षाका कारण रद्दध भएको छ । त्रिवि मैदानमा नै बागमती र प्रदेश १ तथा मुलपानी मैदानमा लुम्बिनी र कर्णाली प्रदेशबबीच पनि खेल हुने तालिका छ । नवौं राष्ट्रिय खेलकुदको समयमा नेपाल टी-२० लिग आयोजना हुने भएका कारण पुरुष क्रिकेट प्रतियोगिता भने पहिल्यै भएको हो ।