सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३२९ दिन अगाडि
सन्दीप लामिछानेलाई आजै निलम्बन गर्ने तयारी

 काठमाडाै‌। बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई आजै निलम्बनको तयारी गरेको हो ।  क्यान स्रोतका अनुसार आजै उनलाई क्रिकेट कप्तानसहितका खेलकुद गतिविधिबाट निलम्बनको तयारी भएको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।  सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी गर्ने तयारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् ।