काठमाडाै । धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् । शरीरको विभिन्न भागमा लुकाएर सनइकल सवार भइ भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको छ । बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।