विश्वकप क्रिकेट : न्युजिल्यान्डले अष्ट्रेलियालाई ८९ रनले हरायो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८५ दिन अगाडि
विश्वकप क्रिकेट : न्युजिल्यान्डले अष्ट्रेलियालाई ८९ रनले हरायो

एजेन्सी-आइसिसी टी-२० विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा न्युजिल्यान्डले अष्ट्रेलियामाथि सानदार जित निकालेको छ।

साविक विजेता अष्ट्रेलियालाई न्युजिल्यान्डले ८९ रनले हराएको हो । 

सिड्नीमा न्युजिल्यान्डले दिएको २ सय १ रन पछ्याएको अष्ट्रेलियाले १७.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र जोड्यो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक २८ , प्याट कमिन्सले २१, मिचेल मार्सले १६, आप्तान आरोन फिन्चले १३ रन र टीम डेभिडले ११ रन बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । 

यस्तै न्युजिल्यान्डका लागि टिम साउथीले ३, मिचेल सान्टनारले ३, ट्रेन्ट बोल्टले २, लोकी फर्गुसन र ईश सोधीले समान एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय रन बनाएको थियो।

न्युजिल्यान्डका ओपनर डेभन कन्वेले ९२ रनको अभिजित इनिङ खेले भने ओपनर फिन एलेनले ४२, केन विलियम्सनले २३, ग्लेन फिलिप्सले १२, जेम्श निसमले अविजित रहदै २६ रन जोडे ।

अष्ट्रेलियाका लागि जोश हेजलवुडले ३ तथा एडम जाम्पाले १ विकेट लिए ।