नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् ।
नेता पोखरेलले आइतबार बिहान ८ बजे टोखा नगरपालिका वडा नम्बर ६ स्थित हात्तीचोक बुथमा मतदान गरेका हुन् । नेता पोखरेलको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका प्रदीप पौडेससँग रहेको छ ।