चाेरी निकासी राेक्न सरकारले भारतीय सिमामा काँडेतार लगाउनु पर्छ- कटुवाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३७३ दिन अगाडि
चाेरी निकासी राेक्न सरकारले भारतीय सिमामा काँडेतार लगाउनु पर्छ- कटुवाल

काठमाडाै‌ँ । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले चाेरी निकासी राेक्न भारतीय सिमामा काँडेतार लगाउन सरकारसँग माग गरेका छन्।

पूर्वअध्यक्ष कटुवालले पछिल्लो समय भारतीय नाकाबाट नेपालमा खुला रुपमा चाेरी निकासी बढ्दा मुलुकको अर्थतन्त्र असर परेको भन्दै चाेरी निकासी राेक्न भारतीय सिमामा काँडेतार लगाउन सरकारसँग माग गरेका हुन । उनले पछिल्लो समय देशभरका उद्योगी व्यवसायी मारमा परेको अवस्था राज्यले सिमानामा काँडेतार लाउँदा राजश्वमा वृद्धि हुने बताए ।

उनले  भारतीय सिमाबाट चाेरी निकासी मार्फत धेरै समान  नेपाल आउने हुँदा नेपाली  उद्योगी व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए  । उनले भने,` सरकारले राजश्व बढाउन र व्यवसायीहरुलाई राहतको लागि तथा दिर्घकालिन रुप चाेरी निकासी नियन्त्रण गर्न भारतीय सिमामा काँडेतार लगाउनु आवश्यक छ। त्यसको लागि सरकारले धेरै आर्मी,प्रहरी खटाउने भन्दा पनि दिर्घकालिन समाधानका लागि  तत्काल काँडेतार लगाउने निर्णय गर्नुपर्छ । उनले सिमानामा तार लाउँदा नेपालमा भित्रने हरेक वस्तु करकाे दायरामा आउने बताए ।

उनलेे नेपालमा भित्रने हरेक वस्तु करकाे दायरामा आउँदा सरकार र व्यवसायी दुबलाई राम्रो हुने बताए । पूर्वअध्यक्ष कटुवालले सरकारले पछिल्लो समय भारतीय खुला सिमानाबाट हुने चाेरी निकासी नियन्त्रणमा ध्यान नदिकाे बताए । उनले भारतीय खुला सिमानाबाट हुने चाेरी निकासी नियन्त्रण गर्ने काँडेतार लाउँदा वैधानिक रुपमा व्यापार गर्ने उद्योगी व्यवसायी तथा व्यापारीहरुलाई फाइदा हुने बताए ।