काठमाडौं । एसिया रग्बीको आयोजना र नेपाल रग्बी एसोसिएशनको व्यवस्थापनमा पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रग्बी आयोजना भएको छ ।
दशरथ रंगशालामा भएको एसिया रग्बी यू१८ सेभेन्स च्याम्पियनसिपमा महिलातर्फ ५ र पुरुषतर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए । नेपालको महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका थिए । पुरुष टोली ८ टिममध्ये सातौँ भयो । नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो ।