झरना थापाको ‘भगवत् गीता’मा धीरज मगर अनुबन्धित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३६८ दिन अगाडि
झरना थापाको ‘भगवत् गीता’मा धीरज मगर अनुबन्धित

काठमाडाै‌ । झरना थापाको फिल्म ‘भगवत् गीता’को मुख्य अभिनेतामा धीरज मगर अनुबन्धित भएका छन् ।

निर्माण कम्पनी र अभिनेता धीरजबीच लिखित सम्झौता भएको छ । सुनिल कुमार थापाको निर्माण एवं झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म आगामी महिनादेखि फ्लोरमा जानेछ ।  फिल्ममा धीरजले अभिनेत्री सुहाना थापासँग स्क्रिन शेयर गर्नेछन् । धीरज र सुहानाले पहिलोपटक स्क्रिन शेयर गर्न लागेका हुन् । आगामी सातादेखि धीरज र सुहानाले फिल्मको कार्यशालामा भाग लिनेछन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका लागि बाँकी कलाकारहरु भने एक साताभित्र फाइनल गरिनेछ । आगामी बैशाख १ गतेका लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।