एकल प्रदर्शनकाे अवसर सदुपयाेग गर्दै शुक्रबारबाट हलहलमा चलचित्र ‘डिसेम्बर फल्स’

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १३५१ दिन अगाडि
एकल प्रदर्शनकाे अवसर सदुपयाेग गर्दै शुक्रबारबाट हलहलमा चलचित्र ‘डिसेम्बर फल्स’

काठमाडौं - चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ।

‘डिसेम्बर फल्स’ अन्य कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । 

अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्रले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ । देशकै सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो चलचित्रलाई देशभर २९ शोज दिएको छ।

प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन र उपासनाको अलवा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन्।