काठमाडौं – रेट्रो ग्रुपको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा भएकाे छ ।
निर्माण टिमले अंग्रेजी नयाँ वर्षको छेको पारेर चलचित्र निर्माण घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टरसमेत सार्वजनिक गरेकाे छ ।
अभिनेता सुशील श्रेष्ठ, शिक्षा सङ्ग्राैला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’ पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।
कोरोना महामारीपछि अभिनेता सुशीलको याे कमब्याक प्रोजेक्ट रहेकाे छ । सन् २०१५ मा होस्टेल रिट्रन्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले 'सायद २', 'कारखाना' र 'बादशाह जुट'मा पनि अभिनय गरिसकेका छन् । यता चर्चित मोडल शिक्षाकाे भने याे नै डेब्यु चलचित्र हाे।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने याे चलचित्रका कार्यकारी निर्माता विनोद कठायत हुन् । कठायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टरसमेत हुन् ।
निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए भने उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने पनि जानकारी दिएका छन्।
नविन गुरुङकाे डिओपी रहने चलिचत्रका लागि २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको र आगामी बर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेकाे छ।
टिजर भिडियाे