धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ ।
उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन् । नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।
नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ । सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।