राप्रपाका भुवन पाठक सत्ता गठबन्धनबाट बागमती प्रदेशको उम्मेदवार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९३ दिन अगाडि
राप्रपाका भुवन पाठक सत्ता गठबन्धनबाट बागमती  प्रदेशको उम्मेदवार

काठमाडौं -  सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले बागमती प्रदेशसभाको सभामुखमा उम्मेदवार बन्ने भएका छन् ।

बुधबार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।