सर्वदलीय बैठक माघ ३ गते बस्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२९१ दिन अगाडि
सर्वदलीय बैठक माघ ३ गते  बस्ने

काठमाडौँ - सर्वदलीय बैठक आगामी माघ ३ गते  बस्ने भएको छ ।

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए ।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शसन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ । सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।

छलफलमा उनले भने, ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ ।’