रास्वपाले टुंग्यायो मन्त्रीः शिशिरलाई शिक्षा मन्त्री, तोसिमा स्वास्थ्य राज्यमन्त्री

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८८ दिन अगाडि
रास्वपाले टुंग्यायो मन्त्रीः शिशिरलाई शिक्षा मन्त्री, तोसिमा स्वास्थ्य राज्यमन्त्री

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय भएकाे हाे ।

यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन् । रास्वपाकाे भागमा तीन मन्त्री र एक राज्यमन्त्री परेकाे थियाे ।