उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२८७ दिन अगाडि
उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं - सभामुखको निर्देशनपछि संसद् सचिवालयले बिहीबार नै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । 

जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।  माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।