प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा ओली

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा ओली

 काठमाडाै‌‌ - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न एमाले अध्यक्ष केपी ओली बालुवाटारमा पुगेका छन् ।

दुई दिनअघि प्रचण्डसँग छलफल गरेका ओली फेरि भेटघाटका लागि बालुवाटार पुगेका हुन् । दलहरूको ध्यान राष्ट्रपतिको चुनावमा केन्द्रित भइरहेका बेला ओलीले लगातार प्रचण्डलाई भेटेका हुन् । सत्ता गठबन्धनको भागवण्डामा राष्ट्रपति एमालेको भागमा परेको छ ।  भेटमा राष्ट्रपतिको चुनाव, सरकार सञ्चालनलगायत विषयमा छलफल हुने बुझिएको छ ।