प्रदेश १ काे प्रदेशसभा बैठक माघ २३ गते

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
प्रदेश १ काे  प्रदेशसभा बैठक माघ २३ गते

 विराटनगर - प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि बोलाइएको छ ।

पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बताए।

प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ । पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार गठनको दुई सातापछि उनले सात सदस्यीय मन्त्रिपरिषदको कार्यविभाजन गरेका थिए । प्रदेश सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहरी मन्त्री भक्ति सिटौलाले संसद बैठकका विषयको जानकारी आएपछि सरकारले संसदलाई विजनेश उपलब्ध गराउने बताए ।