अग्नि सापकोटा माओवादी बैठकमा सहभागी, उपाध्यक्ष बनाउने तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
अग्नि सापकोटा माओवादी बैठकमा सहभागी, उपाध्यक्ष बनाउने तयारी

काठमाडौं -सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अग्नि सापकोटा पनि सहभागी छन् । नेकपा विभाजन भएर नेकपा माओवादी केन्द्र पूरानै रुपमा फर्केपछि सापकोटा पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यसअघि सभामुख रहेका कारण उनी पार्टीको जिम्मेवारीबाट अलग थिए । उनलाई नेकपा माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।

बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका नेताहरुका अनुसार सरकारका कामकारबाही र नेपाल समाजवादी पार्टी (नेसपा) लगायतसँगको एकताको विषय बैठकको एजेण्डा छ ।