गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाइने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२७८ दिन अगाडि
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाइने

काठमाडौं - गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु खाजापछि छलफलमा जुटेका हुन् ।

गत बुधबारदेखि सुरु भएको अन्तिम सुनुवाइ त्यो दिन नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो र आज सुनुवाइ पूरा भएको छ । सर्वोच्च अदालतमा गत बुधबार नै सबै लिखित जवाफ, बहसनोट र लामिछानेको नागरिकता छानबिनका कागजात पेश भइसकेको छ ।