कांग्रेस सभापती देउबा सँग पनि आज भेट
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरे बिच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा समसामयिक विषयवस्तुमा कुराकानी भएको बताइएको छ।
सभामुख निर्वाचित भए यता राष्ट्रपति सग पहिलो औपचारिक भेटघाट भएको सभामुखको सचिवालयले जनाएको छ । त्यस्तै सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस सभापती शेरबहादुर देउबा सँग पनि आज भेटबार्ता गरेका छन् । एमाले र माओबादी नेतृत्वको सरकार गठन भएपछि कांग्रेसले आफ्नो दलको भूमिका प्रतिपक्षमा रहने दाबी गरिरहेको छ। तर कतिपयले सरकारलाई मत दिएको दल "नैतिक रूपमा" प्रतिपक्ष हुन नसक्ने तर्क गरेका छन्। सभामुख र कांग्रेस सभापति बिचको यो भेटलाई राष्ट्रीय राजनितिमा चासोका साथ हेरिएको छ।
