स्पट फिक्सिङ प्रकरणः क्यान अध्यक्षसहित पदाधिकारीको राजीनामा माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८६ दिन अगाडि
स्पट फिक्सिङ प्रकरणः क्यान अध्यक्षसहित पदाधिकारीको राजीनामा माग

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)  का अध्यक्षसहित ५ पदाधिकारीको राजीनामा माग गरिएको छ ।  

क्यानका ७ जना सदस्यले क्यानका अध्यक्षसहित ५ जना पदाधिकारी स्पट फिक्सिङमा दोषी देखिएको भन्दै राजीनामा माग गरेका हन् । क्यानका केन्द्रीय सदस्यहरु रिसिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लसहितको राजिनामा मागेका हुन्।

‘हिजो हामीले गल्ती हुन सक्छ भन्दै सचेत गराएका थियौँ, आज आएर उहाँहरुले त्यो गल्ती स्वीकार गर्नुभएको छ । त्यसैले उहाँहरुले जानाजान गल्ती गर्नुभएको हो । हामीले पटकपटक सचेत गराएका थियौँ, तर उहाँहरूले जबर्जस्ती निर्णय गर्नुभयो’, उक्त समूहले आज पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यानको नेतृत्वको भएको र त्यसमा पनि महत्वपूर्ण निर्णय ष्र्ने क्यानको सम्पादन समिति नै प्रमुख दोषी भएको  ति  केन्द्रीय सदस्यहरुको भनाई छ ।