म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८६ दिन अगाडि
 म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश

एजेन्सी -म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ।

शनिबार राति भएको खेलमा रिडीङलाई ३-१ गोल अन्तरमा हराउँदै युनाईटेड अघिल्लो चरणमा प्रवेश गरेको हो। युनाईटेडको जितमा कासिमिरोले दुई गोल गर्दा फ्रेडले थप गोल गरे। रिडीङका लागि एमाउड एम्बार्गले गोल गरेका थिए।

ओल्ड ट्राफोर्डमा भएको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५४ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए।त्यसको चार मिनेटपछि अगष्टमा मात्रै युनाइटेड भित्रिएका ब्राजिलियन कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

खेलको ६५ औं मिनेटमा एन्डी कारोलले रातो कार्ड पाएपछि रिडीङ १० खेलाडीमा समेटियो। त्यसको फाइदा युनाइटेडले उठायो। ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाईटेडलाई ३-० गोलले अघि बढाए। त्यसपछि खेलको ७२ औं मिनेटमा रिडीङका अमाडोउ एम्बार्गलेले गोल गरे पनि युनाईटेड ३-१ ले विजयी भयो।