साविक विजेता लिभरपुल एफए कप चौथो चरणबाट बाहिरियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११८५ दिन अगाडि
साविक विजेता लिभरपुल एफए कप चौथो चरणबाट बाहिरियो

काठमाडौं - साविक विजेता लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

आइतबार राति भएको खेलमा अन्तिम समयमा गोल बेहोरेपछि ब्राइटनसँग २-१ ले पराजित हुँदै लिभरपुल बाहिरिएको हो । ब्राइटनले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गरेको हो ।

इन्जुरी टाइको दोस्रो मिनेटमा जापानी खेलाडी काओरु मिटोमाले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाएका थिए । जितपछि ब्राइटन पाँचौ चरणमा प्रवेश गरेको छ ।खेलको ३० औं मिनेटमा हार्भे इलियटले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर त्यसलाई कायम राख्न सकेन । ब्राइटनका लागि ३९ औं मिनेटमा लेविस डुन्कले बराबरी गोल फर्काएका थिए । बराबरीतर्फ अग्रसर खेलेको इन्जुरी टाइममा मिटोमाले गोल गर्दै ब्राइटन जित निकाल्दै  पाँचौ चरणमा पुगेको हो ।