बुद्धको उपदेशबाट हामिले के सिक्ने ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५८६ दिन अगाडि
बुद्धको उपदेशबाट हामिले  के सिक्ने ?

काठमाडौं- कुनै पनि कुरामा अन्धविश्वास नगरी आफैँले परिक्षण वा अनुभव गरेर मात्र विश्वास गर्नुपर्छ भन्ने उपदेश बुद्धको उपदेशबाट सबैले सिक्न जरुरी छ।

बाैद्ध धर्म सनातनदेखि नै चलिआएको हो। बौद्ध परम्परामा चार ओटा आर्य सत्य छन् भने आठ ओटा असल मार्ग छन् र यसभित्र पञ्चशिलको सिद्धा्रन्त पनि रहेकाे छ। 

आर्य सत्यको सङ्कल्प बौद्ध दर्शनको मूल सिद्धान्त हो। 

आर्य सत्य अन्तर्गत  
- संसारमा दु:ख छ।
- दुःखको कारण छ।
- दुःखको निवारण छ।
- निवारणको लागि अष्टाङ्गिक मार्ग छ, रहेकाछन् ।

आर्य अष्टाङ्गिक मार्गमा निम्न आठ विषय पर्छन् :
१.सम्यक् दृष्टि (चार आर्य सत्यमा विश्वास  गर्नु)
२.सम्यक सङकल्प  (मानसिक र नैतिक विकासको प्रतिज्ञा गर्नु )
३.सम्यक् वाक (हानिकारक कुरा र झुटो नबोल्नु)  
४.सम्यक् कर्म  (हानिकारक कर्म नगर्नु)
५.सम्यक् जिविका (कुनै पनि स्पष्ट र अस्पष्ट हानिकारक पेसा व्यवसाय नगर्नु)
६.सम्यक् प्रयास (आफुले आफुलाइ सुधार्ने कोसिस गर्नु)
७.सम्यक् स्मृति (स्पष्ट ज्ञानले देख्ने सक्ने मानसिक योग्यता  प्राप्त गर्ने कोशिस गर्नु 
८.सम्यक् समाधि –निवारण प्राप्त गर्ने कोशिस गर्नु । 

बुद्धका पञ्चशिलमा प्राणी हिंसा नगर्ने, झुटो नबोल्ने, चोरी नगर्ने र मधपान नगर्ने नियम छ।  यसभित्र मानव जीवन अतितवादबाट बच्नुपर्छर मध्यमार्गी हुनुपर्नेमासमेत जोड दिइएइकाे छ।