काठमाडौं - १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।
नेपाल एथलेटिक्स एसोसियसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जनाएको छ । एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगिता फागुन २३ गते बिहीबार आयोजना हुनेछ ।
प्रतियोगितामा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा संचालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० कि. मि., २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ कि.मि. र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ कि.मि.का कूल ४ विधामा व्यक्तिगत र टिम ईभेन्टसहरुमा प्रतिष्पर्धा हुनेछ ।
यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यस अघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो । यस प्रतियोगितामा नेपालबाट सहभागीता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिने छ ।