ट्विटरको 'टू फ्याक्टर अथेन्टिकेसन'को लागि शुल्क लाग्ने व्यवस्था लागू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३९ दिन अगाडि
ट्विटरको 'टू फ्याक्टर अथेन्टिकेसन'को लागि शुल्क लाग्ने व्यवस्था लागू

काठमाडौं - आजदेखि ट्विटरको 'टू फ्याक्टर अथेन्टिकेसन'को लागि शुल्क लाग्ने व्यवस्था लागू भएको छ। 

ट्विटर जस्ता सामाजिक सञ्चालमा भएको आफ्नो खाता सुरक्षित राख्न प्रयोगकर्ताहरूले यो फिचर प्रयोग गर्ने गर्छन्। हालसम्म कुनै शुल्क नलाग्ने उक्त फिचर प्रयोग गर्न सोमबारदेखि भने शुल्क तिर्नुपर्ने भएको हो। 

सन् २०२२ को अक्टोबरमा एलन मस्कले ट्विटर इंक खरिद गरेर आफू प्रमुख कार्यकारी अधिकृत (सिइओ)को भूमिकामा रहे। सोही समयदेखि उनले ट्विटर सञ्चालनमा विभिन्न व्यवस्था र फिचरहरू सार्वजनिक गर्दैछन्।  

मस्कले गत महिना नै टू फ्याक्टर अथेन्टिकेसनको लागि शुल्क लाग्ने र उक्त फिचर ट्विटर ब्लू टिक प्रयोगकर्ताहरूले मात्रै प्रयोग गर्न पाउने घोषणा गरेका थिए। 

ट्विटर ब्लूको लागि अहिले प्रयोगकर्ताले मासिक ८ डलर तिर्नुपर्ने हुन्छ भने वार्षिक ८४ डलरमा ट्विटर ब्लू खरिद गर्न सकिन्छ। टू फ्याक्टर अथेन्टिकेसन फिचर प्रयोग गर्न नमिले पनि अन्य प्रयोगकर्ताहरूले आफ्नो खाता सुरक्षित राख्न अथेन्टिकेसन एप वा सेक्युरिटीका प्रक्रियाहरू प्रयोग गर्न सक्नेछन्।