सम्बन्ध विच्छेदको पाँच महिनापछि पहिलोपटक सँगै काममा फर्किए जेरी र शंकर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२५१ दिन अगाडि
सम्बन्ध विच्छेदको पाँच महिनापछि पहिलोपटक सँगै काममा फर्किए जेरी र शंकर

काठमाडौं -सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ ।

छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ । कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो । 

‘डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा हामी आएका छौं,’ छायांकन सेटमा भेटिएका शंकरले भने, ‘लामो समयपछि काम गयौं । कामको हिसाबले रमाइलो भयो । गल्तीबाट सबैले सिक्नुपर्छ ।’ व्यक्तिगत जीवन जे जस्तो भएपनि सांगीतिक सहकार्य हुने शंकरले बताए । ‘उहाँले अफर गर्नुभयो हामी काममा आयौं,’ उनले भने । पुनः मिल्न सक्ने सम्भावनाबारेका प्रश्न शंकरलार्ई सोधिएको थियो । उनले डिप्लोम्याटिक जवाफ दिंदै सांगीतिक सहकार्य चाहिं हुन सक्ने बताए । बच्चाको कारण बेलाबेलामा भेट भइरहने चाहिं उनले खुलाए । डिभोर्सपछि शंकर र जेरी निकै चर्चामा आएका थिए ।