त्रिभुवन विमानस्थलमा बिहीबार राति १ बजेदेखि बिहान ७ बजेसम्म उडान-अवतरण बन्द हुने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०९ दिन अगाडि
त्रिभुवन विमानस्थलमा बिहीबार राति १ बजेदेखि बिहान ७ बजेसम्म उडान-अवतरण बन्द हुने

काठमाडौं - बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने भएको छ ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान यस अवधिमा बन्द रहने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए ।  उनका अनुसार विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने क्रममा अनलाइन यूपीएस जडान गर्ने काम जारी रहेका कारण उडान अवरुद्ध हुने भएको हो । सो समयमा उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुसँग अनुरोध गरेको छ ।