स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९४ दिन अगाडि
स्रोत नखुलेको रकमसहित एक युवक पक्राउ

काठमाडौं -स्रोत नखुलेको रकमसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महतोलाई प्रहरीले पक्राउ गरेको हो। विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। उनी विरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।