काठमाडौं -लुम्बिनी प्रदेशकी माया केसीलाई पराजित गर्दै महिला ५० केजी तौलसमूहबाट बागमती प्रदेशकी अस्मिता दुवालले १९औँ एसियन गेम्सको प्रारम्भिक छनोटमा स्थान बनाएकी छिन् ।
५४ केजी तौलसमूहमा सशस्त्र प्रहरी बल एपिएफकी सन्जुमाया थिङलाई परातिज गर्दै त्रिभुवन आर्मी क्लबकी मिनु गरुङ छनोट भइन् । महिलातर्फ ५७ केजी तौलसमूहमा आर्मीकै चन्द्रकला थापा, ६० केजी तौलमा आर्मीकै वर्षा श्रेष्ठ, ६६ केजी तौलमा आर्मीकै नीरु गुरुङ, महिला ७५ केजी तौलसमूहमा एपिएफकी मनिता राई छनोट भए । सातदोबाटोस्थित बक्सिङ हलमा पुरुषतर्फ ५१ केजी तौलसमूहमा आर्मीका सुशील थापा, ५७ केजी तौलसमूहमा बागमतीका बुद्ध ग्याम्जो लामा, ६३.५ केजी तौलसमूहमा बागमती प्रदेशका मौसम रानामगर, ७१ केजी तौलसमूहमा आर्मीका दिपेश लामा छनोट भए । पुरुष ८० केजी तौलसमूहमा आर्मीका दीपक श्रेष्ठ, ९२ केजीमा गण्डकी प्रदेशका दीपक सुनार, ९२ केजीमा आर्मीका आशिष दुवाडी छनोट भए ।