भैरहवा विमानस्थल करिब ५० मिनेट प्रभावित, रनवेबाट हटाइयो श्री एयरको जहाज

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०९० दिन अगाडि
भैरहवा विमानस्थल करिब ५० मिनेट प्रभावित, रनवेबाट हटाइयो श्री एयरको जहाज

काठमाडौं - श्री एयरलाइन्सको जहाज रनवेमै रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भएको छ ।

विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट गएको यतीको हवाईजहाज काठमाडौंमै फर्किएको थियो । अहिले भने श्री एयरलाइन्सको जहाज रनवेबाट हटाइसकिएको भैरहवा विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए । 

आज बिहान भैरहवाबाट काठमाडौं उडेको उडान नम्बर एसएचए ८२२ नम्बरको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि २० मिनेटमै भैरहवामै फर्किएर ल्याण्ड गरेको थियो । सो जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि भैरहवामै फर्किएको विमानस्थल स्रोतले बतायो । स्रोतले भन्यो ‘ल्याण्डिङ गियरमा समस्या भएर दायाँबायाँ जान नसक्ने भएपछि रनवेमै अड्किएको थियो । पछि आफ्नै पावरमा साइड लाग्यो । यसले गर्दा करिब ५० मिनेट विमानस्थल प्रभावित भयो ।’