काठमाडौं महानगरपालिकामा अबदेखि अनलाइनबाटै नक्सा पास

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १२१६ दिन अगाडि
काठमाडौं महानगरपालिकामा अबदेखि अनलाइनबाटै नक्सा पास

काठमाडौं– काठमाडौं महानगरपालिकाले भवन नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने र हार्ड कपी बुझाउनुपर्ने जस्ता परम्परागत शैली बन्द गरेको छ।

गत वैशाख ३१ गतेको नगरप्रमुख स्तरीय निर्णयबाट जेठ १ गतेबाट कागजरहित सेवा सुरुवात गरेको हो। यसले परम्परागत शैली अन्त्य गरेको छ। यसका लागि इलेक्ट्रोनिक विल्डिङ परमिट सिस्टम (इबीपीएस) प्रणाली अद्यावधिक गरिएको छ। यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो। यसअघि काठमाडौं महानगरपालिमा परम्परागत शैलीमा नक्सापास गर्ने प्रचलन रहेको थियो।