नेपाल टेलिकमबाट भारतमा कल गर्दा प्रतिमिनेट ७ रुपैयाँमात्र लाग्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८२ दिन अगाडि
नेपाल टेलिकमबाट भारतमा कल गर्दा  प्रतिमिनेट ७ रुपैयाँमात्र लाग्ने

 काठमाडाै‌‌‌- नेपालबाट भारतमा फोनकल गर्दा  प्रति मिनेट लाग्ने गरेको शुल्क रु. ३० बाट घटेर प्रतिमिनेट रु. ७ निर्धारण गरिने भएको छ ।

यो सँगै केहि समयअघि  संचार तथा सूचना प्रविधि मन्त्री रेखा  शर्माको भारत भ्रमणको बेला त्यहाँ रहेका नेपालीले उठाएको माग पुरा भएको छ । नेपालीले भारत जाँदा नेपाली रोमिङ सुविधा लिएपनि कल शुल्क अध्याधिक महंगाे भएको गुनासो गर्दै आएकाे थिए  । यद्यपि सरकारले भने याे विषयको वेवास्ता  गर्दै आएको थियो ।

लामो समयको गृहकार्यपछि प्रतिमिनेट रु. २३ बाट शुल्क घटाएर अब नेपालको सीमकार्डबाट फोन गर्दा प्रतिमिनेट रु. ७ लाग्ने भएको हाे ।

लामो समयदेखी नेपालीले राखेको माग पुरा भएकोमा भारतमा रहेका नेपालीहरु पनि खुसी भएका छन् । यो  महशुल सेवा केहि समयपछि लागू गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।