बजेट प्रभाव -सुरुवाती कारोबारमै सेयर बजारमा उच्च गिरावट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११५५ दिन अगाडि
बजेट प्रभाव -सुरुवाती कारोबारमै सेयर बजारमा उच्च गिरावट

 काठमडाौ -बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने निर्णय व्यवस्था गरेका छन् । जसले गर्दा मंगलबार सेयर बजार सुरुवाती समयबाट नै उच्च गिरावट भएको छ । आइतबार १९४१.७७ अंकमा बन्द भएको नेप्से मंगलबार ५१ अंक भन्दा बढीले गिरावट भएर करिब साढे १२ बजे १८९०.५२ अंमकसम्म झरको थियो । तर, त्यसपछि सुधारोन्मुख हुँदै यो समाचार तयार गर्दै गर्दा १२ः४० मा नेप्से ४३.८५ अंकको गिरावट भएको छ । यस्तै कारोरबार रकम करिब १ अर्ब १४ करोड पुगेको छ ।