माता–पिता बन्दै संगीतकार र गायिकाको जोडी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११९५ दिन अगाडि
माता–पिता बन्दै संगीतकार र गायिकाको जोडी

काठमाडौं– दर्जनौं लोकप्रिय गीतका स्रष्टा गायक तथा संगीतकार अर्जुन पोखरेल तथा गायिका दुर्गा खरेलको जोडी अभिभावक बन्ने भएको छ ।

यो दम्पतिले आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारी थालेका छन् । संगीतकार अर्जुन पोखरेलले सामाजिक सञ्जालमार्फत आफू बुवा बन्न लागेको तथा दुर्गा आमा बन्न लागेको जानकारी गराएका छन् । आफ्नी धर्मपत्नी गायिका खरेलसंगका प्रेमिल तस्बिरहरु शेयर गर्दै संगीतकार पोखरेलले लेखेका छन् – ‘जीवनमा सुन्दर अनुभवको सुखद अनुभूति यो मनमा खुसी छ आहा कति कति।’ पोखरेल तथा खरेलको जोडीले आफ्नो यो सुखद अनुभवलाई तस्बिरमा तारेका छन् । फोटो पत्रकार महेश प्रधानले नर्लिङ रिसोर्टमा यो जोडीको फोटोसेसन गरेका छन् ।