झापा प्रहरी कुटपिट घटना - एआइजीको अध्यक्षतामा छानबिन समिति गठन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११३६ दिन अगाडि
झापा प्रहरी कुटपिट घटना - एआइजीको अध्यक्षतामा छानबिन समिति गठन

 काठमाडाै‌ -झापा जिल्लाको मेचीनगर– ४ स्थित नेपाल–भारत सीमा नकलबन्दामा मंगलबार राति प्रहरीमाथि प्रहरीबाटै भएको कुटपिट घटनाका सम्बन्धमा जाँचबुझ गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको छ ।

यसअघि सोही घटनाको छानबिनका लागि कोसी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो । सो घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बास्तोलालाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।