कोशीमा सर्वपक्षीय सरकार बनाऔं-मुख्यमन्त्री कार्की

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०४० दिन अगाडि
कोशीमा सर्वपक्षीय सरकार बनाऔं-मुख्यमन्त्री कार्की

 काठमाडाै‍ -कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू अहिले पनि सर्वपक्षीय सरकार बनाउने प्रयासमा रहेको बताएका छन् ।

विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले आफ्नो प्रयासले सार्थकता पायो कि पाएन भन्ने परिणामले देखाउने बताए । बिहीबार मात्र पनि आफूले आफ्नो पार्टीसँगै अरु पार्टीको नेतृत्वसँग परामर्श गरेको भन्दै उनले अघि भने, ‘अहिले पनि म सर्वपक्षीय सरकार गठनको पक्षमा छु ।’ 

एमाले संसदीय दलका नेता समेत रहेका कार्कीले सर्वपक्षीय सरकार बनाउँदा कम अवसर आफ्नै दलले पाउने भएपनि त्यसका लागि तयार रहेको बताए । तर सबै मिलेर ढोका थुनेर कुट्ने हो भने निकास ननिस्कने उनको चेतावनी छ । कार्कीले अघि भने, ‘कुनै पनि गठबन्धन एकले अर्कालाई बाइपास गरेर, त्यो पनि सबभन्दा ठूलो दललाई बाइपास गरेर चल्ने र टिक्ने वाला छैन ।’