कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा सत्ता गठबन्धनका नेताहरु बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००६ दिन अगाडि
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा सत्ता गठबन्धनका नेताहरु बैठक

काठमाडाै‌ - सत्ता गठबन्धनका नेताहरु बिच कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज काठमाडौंमा बैठक बस्ने भएकाे छ ।

कोशी प्रदेश संसदीय दलका नेताहरुलाई पनि बैठकमा बोलाइएको छ । शनिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए । आज बिहान नौ बजे कोशी प्रदेशका नेताहरुसँग पुनः छलफल हुन लागेको हो। माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफल गर्न नेताहरुले काठमाडौं बोलाएकाले आएको बताए।