कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त - डा. बाबुराम भट्टराई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००६ दिन अगाडि
कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त - डा. बाबुराम भट्टराई

काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जानु उपयुक्त विकल्प हुने बताएका छन् ।

नेपाली कांग्रेसका उद्धव थापा सर्वोच्च अदालतको आदेशबाट मुख्यमन्त्री पदबाट मुक्त भएपछि, भट्टराईले सो धारणा सार्वजनिक गरेका हुन्। डा. भट्टराईले यो व्यवस्था उल्टाएर विद्रोह गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा संविधानको अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त हुने बताए।

सामाजिक सञ्जालमा भट्टराईले लेखे, "सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्दत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र?’ जसरी भए पनि सरकार बनाउन] कोशिश गर्ने दलहरुलाई भट्टराईले सत्ता लिप्सा देखाएको भनेर टिप्पणी गरेका छन् । उनले कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ  कणहरूले त बुझ्नुपर्ने भने ।