काठमाडाै - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले संघीयता खर्चिलो र बोझिलो भएको भन्दै केन्द्रदेखि प्रदेशसम्म कर्मचारी, सांसद र मन्त्रीहरूको संख्या घटाउनुपर्ने बताए ।
“संघीयता बहुत खर्चिलो र बोझिलो भएको छ, यसले बलियो र दीर्घकालीन हुन सक्दैन, त्यसैले म सहित केही साथीहरुले संघीय संसद २०१ सदस्यीय, राष्ट्रिय सभा ३५ सदस्यीय, संघीय मन्त्रिमण्डल १५ सदस्यीय र प्रदेश मन्त्रिमण्डल ५ सदस्यीय हुनुपर्छ” भन्ने प्रस्ताव पार्टीमा प्रस्तुत गरेका छौं।’ उनले संघीयता बलियो र निरन्तर रहने भए सांसद, मन्त्री र कर्मचारीको संख्या घटाउनैपर्ने बताए। उनले भने, "संघीयतालाई चुस्त र छरितो बनाउन पहिला सांसद र मन्त्रीको संख्या घटाउनुपर्छ, त्यसपछि कर्मचारीको संख्या।"