उद्धव थापाले आज शपथ ग्रहण लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००३ दिन अगाडि
उद्धव थापाले आज शपथ ग्रहण लिने

काठमाडाै‌ - आज कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गाेपनियताकाे शपथ लिने भएका छन् ।  

थापाले बहुमत जुटाएर मुख्यमन्त्रीमा मंगलबार  दाबी पेस गरेका थिए, उनले आज साढे १० बजे शपथ ग्रहण गर्ने भएका छन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ । प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण साढे १० बजे हुने जानकारी दिएकाे छ। मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् । २६ दिनमा दाेस्राे पटक मुख्यमन्त्री बनेका थापाल विश्वासको मत लिन भने चुनाैती छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । थापाकाे पक्षमा ४७ र विपक्षमा ४६ मत छ । विश्वासको मत लिने बैठकमा एमालेले उपसभामुखलाई अनुपस्थित गराए वा राजीनामा गराए सत्तारूढ गठबन्धनबाट बैठकाे अध्यक्षता गर्नुपर्ने हुन्छ । गठबन्धनबाटै बैठककाे अध्यक्षता गर्नुपर्ने अवस्था आए सरकारलाई विश्वासको मत पाउन कठिन हुनेछ ।