मिटरब्याजीकाे आरोपमा एक महिला पक्राउ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०८० दिन अगाडि
मिटरब्याजीकाे आरोपमा एक महिला पक्राउ

काठमाडाै‌ - मिटरब्याजीकाे आरोपमा सिरहामा एक महिला पक्राउ परेकी छन् ।

मिर्चैया नगरपालिका-६ निवासी ३५ वर्षीय सुजाता साह पक्राउ परेकी हुन् । सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले उनलाई बुधबार साँझ पक्राउ गरिएको जानकारी दिए।
ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रशासन र प्रहरीमा साहमाथि दर्जन बढी उजुरी छ । जिल्ला प्रहरी कार्यालय सिरहालेउनीमाथि थप अनुसन्धान भइरहेको बताउकाे छ।