प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९८४ दिन अगाडि
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

काठमाडाै‌-सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ। 

संसदीय सुनुवाइ समितिले बिहान ११ बजेदेखि श्रेष्ठको सुनुवाइ सुरु गरेको हो। तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि १८ साउनमा बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेको थियो ।  २३ साउनमा श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेर आइतबार सांसदहरूलाई वितरण गरेको संसदीय समितिले सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसको एक घन्टापछि श्रेष्ठको सुनुवाइ गर्ने निर्णय गरेको हो ।