चलचित्र 'एक भगवत् गीता' को 'के तिमीलाई यो कुराको खबर छ' बोलको दोस्रो गीत बजारमा (भिडियोसहित)

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ११०२ दिन अगाडि
चलचित्र 'एक भगवत् गीता' को 'के तिमीलाई यो कुराको खबर छ' बोलको दोस्रो गीत  बजारमा (भिडियोसहित)

काठमाडाैं- आगामी भाद्र २९ गतेबाट प्रखर्शनको तयारीमा रहेको चलचित्र 'एक भगवत् गीता' को 'के तिमीलाई यो कुराको खबर छ' बोलको दोस्रो गीत सार्वजनिक भएको हो । कृष्ण जन्माष्टमीको अवसर पारेर मैथली र नेपाली भाषाको समिश्रणमा तयार पारिएको गीत सार्वजनिक गरिएको हो ।

जनकपुरको सेटिङमा खिचिएको सार्वजनिक गीतमा सबिन एकतारेको शब्द रचना तथा हर्कुलस बस्नेतको संगीत रहेको गीतमा संगीतकार बस्नेत, रजज्ञा श्रेष्ठ र सुमन गुरुङको स्वर सुन्न सकिन्छ । सिनेमाका मुख्य अभिनेत्री सुहाना थापा र बालकलाकार जेभिस र जेभिन श्रेष्ठलाई फिचर्ड गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । राजेश श्रेष्ठले खिचेको गीतलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

झरना थापा निर्देशित अन्तरजातीय प्रेमकथामा आधारित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ।

सुनिल कुमार थापाको निर्माण तथा झरना निर्देशित ‘ए मेरो हजुर’का तीनवटै सिरिज सफल छन् । यो उनीहरुको सहकार्यमा निर्माण भएको चौंथो सिनेमा हो । सिनेमालाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मस्ले वितरण गर्दैछन् ।