कोशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको संभावना 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९५३ दिन अगाडि
कोशी,बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको संभावना 

काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिक देखि  सामान्य  बदली  रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहेको विभागले जनाएको छ । हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागहरुमा मौसम सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन÷चटयाङ सहित हल्का वर्षा भैरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  
आज दिउँसो कोशी, बागमती, गण्डकी,लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको पनि विभागले उल्लेख गरेको छ । 
यस्तै आज राती देशभर मौसम आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहितहल्का देखि मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।