हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १०६३ दिन अगाडि
हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक

काठमाडौँ -चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ ।

खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको छ । गीतको भिडियोमा पनि गायक कान्छा, रमा थपलिया र बाल कलाकार इभान चैसियारको अभिनय छ । भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले पाउने दुःख र सङ्घर्ष देखाउन खोजिएको छ । भिडियो समेत गायक कान्छाले निर्देशन गरेका हुन् ।  भिडियोको पदम सुबेदीको सम्पादन र किरण चौसियारको छायाङ्कन छ ।