‘दिमाग खराब’ लिएर सिड्नी पुगिन् स्वस्तिमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००५ दिन अगाडि
‘दिमाग खराब’ लिएर सिड्नी पुगिन् स्वस्तिमा

काठमाडौँ -अभिनेत्री स्वस्तिमा खड्काका लागि यो वर्ष राम्रो फापेको छ ।

गत वैशाख यता उनका ‘ऐँचो पैँचो’, ‘पशुपति प्रसाद २ : भस्मे डन’ र ’दिमाग खराब’ गरेर तीन फिल्म प्रदर्शनमा आए । तीनमध्ये दुई हिट साबित भएको छ । त्यसैले पनि उनी दङ्ग छिन् । उनलाई अफर हुने फिल्मको सङ्ख्या पनि बढेको छ । उनी भने यतिबेला अस्ट्रेलियाको सिड्नी पुगेकी छन् । फिल्म ‘दिमाग खराब’ लिएर उनी त्यहाँ पुगेकी हुन् ।  अस्ट्रेलियाको विभिन्न सहरमा फिल्मको शो भइरहेको छ । त्यसमा उनी सहभागी हुने, दर्शक प्रतिक्रिया बुझ्ने गरिरहेकी छन् । उनको साथमा फिल्मका निर्देशक तथा पति निश्चल बस्नेत समेत छन् ।  अस्ट्रेलियामा आफूले इन्जोय गरिरहेको उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । हालै उनले सिड्नीबाट पिंक रङ्गको पहिरन लगाएर खिचाएको तस्बिर  सार्वजनिक गरेकी छन् । तस्बिरमा उनी निकै खुसी र खुलेकी देख्न सकिन्छ । ‘दिमाग खराब’ मा स्वस्तिमाको अलवा खगेन्द्र लामिछाने, दयाहाङ राई, विजय बरालको अभिनय छ ।