काठमाडाै-पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् ।
बिहीबार उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा बिहिबार चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी खतिवडा निकै आकर्षक देखिएकी छन् । गत फागुन महिनाबाट प्रेम सम्बन्धमा रहेकाे पुष्टी गरेका सम्भव र श्रृंखाला अब भने परम्परागत रुपमै एक भएका छन् ।
पुस १ गते विवाहको रिसेप्सन पनि हाेटेल हायातमा नै आयाेजन हुने बुझिएको छ । यद्यपि, विवाहको बारेमा भने दुवै परिवारले अौपचारिक जानकारी गराएका थिएनन् । श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् । सम्भव भने कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् । बिहिबारकाे विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाई लगायतलाई मात्र निम्तो गरिएको बुझिएको छ । जसमा पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता देखिएकाे छ।