३५ दिनपछि हलमा दुई नयाँ नेपाली फिल्म प्रदर्शन

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १००१ दिन अगाडि
३५ दिनपछि हलमा दुई नयाँ नेपाली फिल्म प्रदर्शन

काठमाडाै‌ -फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।

यी फिल्म कार्तिक २४ गते रिलिज भएको फिल्म ‘दिमाग खराब’पछि नयाँ नेपाली फिल्मका रुपमा हलमा आएका हुन् । जसमा आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् ।शुक्रवारबाट फिल्म ‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा आएका हुन् । 

उनीहरूका साथमा सुनील थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ, अर्जुन गुरुङ लगायतका कलाकारको पनि अभिनय छ । अजम्बरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्मको कथा एवं पटकथा दयाराम घिमिरेले लेखेका हुन् ।  यस्तै, ‘जम्प’ आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको फिल्म हो । कार्कीकै लेखन रहेको फिल्म मनोवैज्ञानिक थ्रिलर विधामा बनेको छ । फिल्ममा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री लगायतका कलाकारहरूको अभिनय छ । दुवै फिल्मले हलमा शो भने न्यून पाएका छन् ।